#समाचार

नेपालको पासपोर्ट र्‍याङ्किङ थोरै सुध्रियो – Online Khabar

२६ पुस, काठमाडौं । नेपालको राहदानीको स्तर केही सुध्रिएको द न्युज इन्टरनेशनलले जनाएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ हरेक वर्ष सार्वजिनक गर्ने राहदानी सूचकको विश्व वरीयतामा नेपालको स्तर केही सुध्रिएको हो ।

सन् २०२५ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । हेन्लीले सार्वजनिक गरेको गत वर्षको सूचीमा नेपाल १०३औं स्थानमा थियो ।
उक्त सूचीमा पाकिस्तानको राहदानी विश्वको सबैभन्दा कमजोर मध्येमा परेको छ ।

राहदानी सूचकाङ्कमा सिङ्गापुर शीर्ष स्थानमा छ, जसको राहदानीवाहकलाई १९५ देशहरूमा भिसा लगाउनु पर्दैन । यो पछि जापान, फ्रान्स, जर्मनी, इटाली र स्पेन लगायत धेरै युरोपेली देशहरू छन्, जुन अहिले १९२ गन्तव्यहरूमा भिसा नलगाई प्रवेश पाउँदै तेस्रो स्थानमा छन् ।

कुनै समय शीर्ष स्थानमा रहेका फिनल्याण्ड र दक्षिण कोरिया जस्ता देश पनि गत वर्ष एक स्थान तल झरेका छन् । इराक (१०४ औं), सिरिया (१०५ औं) र अफगानिस्तान (१०६ औं) पाकिस्तान भन्दा कमजोर पासपोर्ट भएका देशहरू छन् ।

यसैबीच, सोमालिया, नेपाल, प्यालेस्टाइन र बङ्गलादेश जस्ता राष्ट्रहरू पाकिस्तानभन्दा माथि छन् । सोमालिया १०२ औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ ।

यो सूचीमा तल्लो श्रेणीमा पर्नुले यहाँका नागरिकको विश्वव्यापी पहुँच र अवसरहरूको सीमितताको प्रतिनिधित्व गर्दछ । यो सूचीमा नेपाल सन् २००६ मा ७६औं स्थानमा थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *