मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई
२५ पुस,बुटवल। बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
तीन विभागीय र एक भारतीयसहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै रनिङ शिल्ड कब्जा गरेको हो ।
बुटवल रामनगर खेलमैदानमा बिहीबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेट पुलिसले २५-१८,दोस्रो सेट आर्मीले २५-१८,तेस्रो सेट पुलिसले २५-२० र चौथो सेट नेपाल आर्मीले २५-२२ले जितेको थियो।
निर्णायक पाँचौं सेटमा पुलिस माथि हाबी हुँदै आर्मीले १५-७ को फराकिलो अंक अन्तरले सहज जीत निकाल्दै उपाधि चुम्न सफल भयो।
जीत सँगै आर्मीले ७ लाख, उपबिजेता पुलिसले ३ लाख ५० हजार, तेस्रो भएको मणिमुकुन्द भलिबल क्लब रूपन्देहीले १ लाख ७५ हजार र चौथो भएको गुजरात स्टेट भारतलले १लाख रुपैयाँ पाएको छ।
प्रतियोगिता मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको हो ।