#समाचार

पुलिसविरूद्ध मधेश दोस्रो इनिङको ब्याटिङ गर्दै – Online Khabar

२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत तेस्रो खेलअन्तर्गत बिहिबार नेपाल पुलिस र मधेश प्रदेशबीच दोस्रो दिनको खेल जारी छ ।

पर्सामा भइरहेको दोस्रो दिन ४० ओभरमा ३ विकेटको क्षतिमा १७४ रनको अवस्थाबाट खेल सुरू गरेको पुलिसले ५९ ओभर खेलेर इनिङ्स घोषणा गरेपछि मधेशले आफ्नो दोस्रो इनिङको ब्याटिङ थालेको छ ।

लन्च ब्रेकसम्म मधेशले ८ ओभरमा २ विकेट गुमाएर २१ रन बनाएको छ । मधेश अझै १०८ रनले पछाडि छ । मयन यादव १७ र साहिल पटेल २ रनमा ब्याटिङ गरिरहेका छन् । कप्तान हरिशंकर साह शून्य र निरज यादव १ रनमा आउट भए ।

त्यसअघि पुलिसले ५९ ओभरमा २५८-४ को अवस्थामा इनिङ डिक्लेयर गर्दै १२९ रनको अग्रता बनाएको थियो । आरिफ शेख ४० तथा शंकर राना ३१ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल ६३ तथा दिलिप नाथ ४० रनमा आउट भएका थिए । मधेशका कप्तान हरिशंकर साहले २ तथा रुपेश सिंह र अभिषेक तिवारीले १ विकेट लिए ।

त्यसअघि बुधबार टस हारेर ब्याटिङ गरेको मधेशले पहिलो इनिङमा अलआउट हुँदै १२९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।

पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।

पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *