३ लाख बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
२१ पुस, काठमाडौं। काठमाडौंको भृकृटीमण्डपमा पाँच दिनसम्म भएको दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ मा तिन लाख भन्दा बढीले अवलोकन गरेका छन् ।
प्रर्दशनीको समापन कार्यक्रम प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका छन् । समापान कार्यक्रममा बोल्दै सभामुख घिमिरले भने पठन सस्कृतिको विकासमा यस्ता मेला महोत्सवले महत्तवपुर्ण योगदान दिने बताए ।
उनले भने, ‘मेलामा आउँदा मैले कल्पना गरेको भन्दा निकै भव्य र सभ्य भएको महुसुस गरे। यस्ता मेला महोत्सवका लागि राज्य होस्टेमा हैसै गनु पर्छ।’
समापन कार्यक्रममा हरिवंश आचार्यले यस्ता कार्यक्रमहरु राज्यले अपनत्व लिनु पर्नेमा व्यवसायीले अपनत्व लिएकोमा व्यवसायीहरुलाई धन्यवाद दिए । ‘म यही मञ्चबाट भन्छु यस्ता कार्यक्रमहरुमा राज्यले अगुवाई लिन सकोस्।’ उनले भने ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भएको प्रर्दशनीमा नेपालमा पहिलो पटक राईट टेबल म्याच मेकीङ कार्यक्रम भएको छ ।
यस्तै अन्तगर्त ११ वटा लेखक तथा प्रकाशकहरुबीच समझौता भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ अध्यक्ष शिव सागरले बताए ।
प्रर्दशनीमा १३ देशका १५० भन्दा बढी प्रकाशक,लेखक, निर्यात तथा बिभिन्न शैक्षिक सामाग्री उत्पादकहरु सहभागती रहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका उपमहासचिव अर्जुन आचार्यले जानकारी दिए ।