#समाचार

माओवादीले भन्यो– सरकार असफल र उल्टो बाटोमा – Online Khabar

१७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सरकार असफल र उल्टो बाटोमा रहेको निष्कर्ष निकालेको हो । ‘एक प्रकारले भन्नुपर्दा सरकार असफल भइ नै सकेको छ । बरु सरकार उल्टो दिशाातिर जान लागिरहेको छ,’ बैठकको निर्णय सुनाउँदै उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘सुशासनको विरुद्धमा, भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्ने कुरामा, माफिया र विचौलियाहरूको संरक्षणमा सरकार लागिरहेको छ ।’

राम्रो काम गर्नेलाई हटाउन खोज्ने र भ्रष्टाचारलाई पक्षपोषण गर्ने काम भइरहेको सापकोटाले बताए । ‘विद्युत प्राधिकरणमा राम्रो काम भइरहेको छ । त्यसको नेतृत्वलाई निकाल्न खोज्ने, अदालतले दोषी ठहर्यााएको मान्छेबाट दान लिनेजस्ता कुरा प्रथम दृष्टिमै भ्रष्टाचारलाई पक्षपोषण गर्ने कुरा हुन्छ’, उनले भने ।

यो सरकारले बदनियतका साथ काम गरिरहेको पनि माओवादी बैठकको निर्णय छ । ‘बदनियतपूर्ण के भइरहेको छ भने अरुकालाई चाहिँ छानी कारबाही गर्ने, छानीछानी पक्रने, आफ्नालाई चाहिँ जोगाउने,’ सापकोटले भने, ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सीधैं सहकारीमा जोडिएको कुरा छ, कारबाही नै छैन । एमालेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ ।’

यो सरकार विचारशून्य र लोकतान्त्रिक मूल्यमान्यता आदर्शबाट च्यूत भएकाले यस्तो समस्या आइरहेको उनले बताए ।

माओवादीले भन्यो– सरकार असफल र उल्टो बाटोमा – Online Khabar

माओवादीले ६ महिने जागरण अभियान चलाउने –

Leave a comment

Your email address will not be published. Required fields are marked *