#समाचार

मन्त्री सुडी – Online Khabar

१६ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताएका हुन् ।

‘बालविवाहका कारण हाम्रा चेलिबेटीहरूको शारीरिक र मानसिक शोषण हुने गर्दछ । यसविरुद्ध हामी सबैको आफ्नो आफ्नो तहबाट सोच्नैपर्ने अवस्था छ,’ मन्त्री सुडिले भने, ‘तर अन्य चिजमा पनि हाम्रो सरकार, हाम्रो संविधान त्रिपक्षीय सरकारको कल्पना गरेको छ । त्यसैले हामीलाई पनि तीनै सरकारलाई मिलेर यो देशमो समृद्धिको लागि, विकासको लागि र उन्नतीको लागि सहकार्य गर्‍यो भने सम्भव छ ।’

कानुनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिए ।

‘म सम्पूर्ण प्रदेशका मन्त्रीज्युहरूसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तपाईंहरूसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा गर्दछु । र तपाईंहरू पनि आफ्नो प्रदेश मातहत जति पालिकाहरू छ । त्यो पालिकाहरूसँग काँध मिलाएर कसरी सबै कानुनहरूको पालन गर्न सकिन्छ गर्नुहोस्,’ उनले भने ।

मन्त्री सुडी – Online Khabar

क-कसले गर्दैछन् थुनछेक बहस ? – Online

Leave a comment

Your email address will not be published. Required fields are marked *