#समाचार

विश्वकै बुढो गोहीले मनायो १२४औँ जन्मदिन – Online Khabar

काठमाडौं। दक्षिण अफ्रिकामा रहेको हेनरी नामक गोही १ सय २४ वर्षको भएको छ। यो गोही विश्वका सबैभन्दा वृद्ध जीवित जनावर मध्यको एक हो ।

हेनरी अहिलेसम्म १० हजारभन्दा धेरै सन्तानको पिता बनिसकेको छ। हेनरी अझै पनि स्वस्थ छ र उसले भविष्यमा अझै केही बच्चा थप जन्माउने अपेक्षा गरिएको छ। हेनरीको जन्म सन् १९०० मा भएको थियो ।

हेनरीले हालै आफ्नो १ सय २४औँ जन्मदिन मनाएको छ । अरु जनावरमा बुढौलीको जस्तो असर हुन्छ हेनरीमा वृद्धावस्थाको खासै त्यस्तो असर देखिएको छैन ।

एक रिपोर्टका अनुसार हेनरीको सुस्त मेटाबोलिजम, जीवनभर शरीरको वृद्धि निरन्तर भइरहनु तथा चिसो रगत भएको जनावर भएको कारणले गर्दा उसलाई शरीरमा ऊर्जा बचत गर्न र शरीरको तापमान नियन्त्रण गर्नमा मद्दत पुग्दछ।

रोचक त के छ भने गोहीजस्ता केही सरिसृप जनावरहरूमा उमेर बढ्दै गर्दा शरीरको आकार पनि निरन्तर बढिरहेको हुन्छ ।  जबकी अन्य जनावर तथा मानिसमा चाहिँ निश्चित उमेरपछि शरीरको वृद्धि रोकिन्छ ।

हेनरीको शरीरको तौल लगभग ७ सय किलोग्राम छ । उसको शरीरको लम्बाइ ५ मिटर छ। हेनरीको शरीरको आकार अझै पनि बढिरहेको छ । हेनरी अहिले ६ वटा पोथी गोहीसँग बस्दछ ।

वैज्ञानिकहरूले हालै केही अरु जनावरहरूको लामो आयुको बारेमा पनि पत्ता लगाएका छन् । वैज्ञानिकहरूका अनुसार साउथ राइट ह्वेल १५० वर्षसम्म बाँच्न सक्छ । वैज्ञानिकहरुले अमेरिकाको युटामा एउटा ४ करोड ७० लाख वर्ष पुरानो बिरुवाको जीवाश्‍म पनि फेला परेका छन् जो पृथ्वीमा हाल अस्तित्वमा रहेका कुनैपनि वनस्पतिभन्दा निकै फरक छ।

एक नयाँ अध्ययनबाट के कुरा पत्ता लागेको छ भने साउथ राइट ह्वेलको आयू अहिलेसम्म सोँचिएको भन्दा निकै धेरै हुने गरेको छ। साउथ राइट ह्वेल दाँत नभएको एउटा ह्वेलको प्रजाति हो। यो ह्वेल १०० वर्षभन्दा धेरै बाँच्न सक्छ ।

वैज्ञानिकहरूका अनुसार त्यसमध्ये १० प्रतिशत ह्वेलहरू १ सय ३० वर्षदेखि १ सय ५० वर्षसम्म बाँच्न सक्छन् । यो प्रजाति उत्तरी आन्ध्र महासागरमा पाइने ह्वेलभन्दा नितान्त फरक हुन्छ। उत्तरी आन्द्र महासागरीय ह्वेलको औषत आयु केवल २२ वर्षमात्रै हुन्छ।

यस अघिका अध्ययनबाट के पत्ता लागेको छ भने बोहेड ह्वेल पनि १०० वर्षभन्दा धेरै बाँच्न सक्छ। वैज्ञानिकहरुका यी पछिल्ला खोजहरु ठूला जनावरका लामो आयु बारेका महत्वपूर्ण अनुसन्धानहरुमा सामेल भएका छन् ।

यस्ता जीवहरूको लामो आयुको बारेमा थाहा पाउनु यी लुप्त प्राय प्रजातिहरूको रक्षाको निम्ति निकै महत्वपूर्ण छ । एजेन्सीको सहयोगमा

विश्वकै बुढो गोहीले मनायो १२४औँ जन्मदिन – Online Khabar

धादिङमा माइक्रोबस दुर्घटना, १६ जना घाइते –

Leave a comment

Your email address will not be published. Required fields are marked *