#समाचार

एसडी योगीको संगीत, मिरुना मगरको अभिनयमा ‘सानुमाया’

काठमाडौं । भिजुअल आट्र्स र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनालाई प्रस्तुत गरेको छ ।

विवेक रसाइली निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बा फिचर्ड छन् । मिरुनाको पात्रले आफ्नो प्रेम र करिअरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ ।

मिरुनाले नेपालीभाषी भुटानी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करिअर र प्रेमबीच एक छनोट गर्नुपर्ने बाध्यतामा छिन् । उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् । भिजुअल आट्र्स स्टुडियोको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । एसडी योगीद्वारा संगीतबद्ध गीतमा शब्द लेखन राम अविरल विष्टको छ । योगी र विज्ञानी पराजुलीले स्वर दिएका छन् ।

एसडी योगीको संगीत, मिरुना मगरको अभिनयमा ‘सानुमाया’

अमेरिकी डलरको मूल्य आज पनि बढ्यो, अरुको

Leave a comment

Your email address will not be published. Required fields are marked *