#समाचार

संसदमा पनि कांग्रेस–एमालेको संयुक्त कार्यदल गठन – Online Khabar

९ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा पनि संयुक्त कार्यदल गठन गरेका छन्।

संसदको सञ्चालन र त्यहाँ छलफल गरिने विजनेसबारे सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाइएको एमाले सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराईले बताए । ‘विचाराधीन अवस्थामा रहेका सबै विधेयक पारित गर्ने वातावरण बनाउनेगरी हामीले कार्यदल बनाएका हौं’ उनले भने, ‘यो कार्यदलले विचाराधीन विधेयकहरुमाथि संसदमा छलफल गर्ने, सहमति नजुटेका विषयलाई शीर्ष तहमै छलफल चलउने, संसदमा भएका अरु दलहरुसँग छलफल गर्ने जस्ता काम गर्नेछ ।’

कार्यदलमा दुवै दलका संसदीय मामिला विभाग प्रमुख, प्रतिनिधि सभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहनेछन् । कांग्रेसमा संसदीय मामिला विभाग प्रमुख जीवन परियार छन् भने एमालेमा योगेश भट्टराई छन् ।

संसदीय फाँटको काममा सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाउने निर्णय भएको आजको छलफलमा दुवै दलका दोस्रो तहका नेताहरु सहभागी थिए । यो छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रममन्त्री आरजु राणा देउवा थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

सरकारको समग्र काममै सहजीकरण गरिरहेको कार्यदलमा रहेका यी नेताहरु बाहेक संसदीय फाँटका जिम्मेवारीमा दुवै दलका नेताहरु आजको छलफलमा सहभागी थिए । ‘आजको छलफल संसदलाई कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रित रह्यो ।  कार्यदल बनाइएकाले अब हामी संसदमा कोरम नपुग्ने, विधेयकहरु पारित गर्न समस्या हुने जस्ता विषयमा केन्द्रित भएर काम गर्छौ’, भट्टराईले भने ।

संसदमा पनि कांग्रेस–एमालेको संयुक्त कार्यदल गठन – Online Khabar

दार्चुलामा भूकम्पको धक्का

Leave a comment

Your email address will not be published. Required fields are marked *