#समाचार

आइसीसी च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारतका खेल दुबईमा हुने

९ पुस, काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक भएको छ । पाकिस्तानमा आगामी फेब्रुअरीमा हुने प्रतियोगिताका लागि आइसीसीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार उद्घाटन खेल फेब्रुअरी १९ मा पाकिस्तान र न्युजिल्याण्डको बीचमा कराचीमा हुनेछ । भारत र पाकिस्तानबिचको बहुचर्चित खेल फेब्रुअरी २३ मा हुनेछ ।

त्यसैगरी भारत सम्मिलित सबै खेल यूएईको दुबईमा हुने भएको छ । भारत सेमिफाइनल पुगेको खण्डमा एक सेमिफाइनल पनि दुबईमा नै हुनेछ । फाइनल खेल पाकिस्तानको लाहोरमा हुने तय भएपनि भारत फाइनल पुगेको अवस्थामा दुबईमा नै सारिनेछ ।

आठ वर्षपिछ हुन लागेको च्याम्पियन्स ट्रफीको पाकिस्तान साविक विजेता समेत हो । सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएर पाकिस्तान च्याम्पियन बनेको थियो ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गर्दै आएकामा केही दिनअघि भएको आइसीसीको निर्णयअनुसार सन् २०२७ सम्म हुने भारत र पाकिस्तानबीचका सम्पूर्ण खेल तटस्थ स्थानमा गर्ने तय भएको थियो ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानको सहभागिता रहनेछ ।

समूह र खेल तालिका

समूह ए – पाकिस्तान, भारत, बंगलादेश, न्यूजिल्याण्ड

समूह बी – अफगानिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्याण्ड

तालिका

फेब्रुअरी १९ : पाकिस्तान विरुद्ध न्युजिल्यान्ड (कराँची)
फेब्रुअरी २० : बंगलादेश विरुद्ध भारत (दुबई)
२१ फेब्रुअरी : अफगानिस्तान विरुद्ध दक्षिण अफ्रिका (कराँची)
२२ फेब्रुअरी : अष्ट्रेलिया विरुद्ध इंग्ल्याण्ड (लाहोर)
२३ फेब्रुअरी : पाकिस्तान विरुद्ध भारत (दुबई)
२४ फेब्रुअरी : बंगलादेश विरुद्ध न्युजिल्याण्ड (रावलपिंडी)
२५ फेब्रुअरी : अष्ट्रेलिया विरुद्ध दक्षिण अफ्रिका (रावलपिंडी)
२६ फेब्रुअरी : अफगानिस्तान विरुद्ध इंग्ल्याण्ड (लाहोर)
२७ फेब्रुअरी : पाकिस्तान विरुद्ध बंगलादेश (रावलपिंडी)
२८ फेब्रुअरी : अफगानिस्तान विरुद्ध अष्ट्रेलिया (लाहोर)
१ मार्च : दक्षिण अफ्रिका विरुद्ध इंग्ल्याण्ड (कराँची)
२ मार्च : न्यूजिल्याण्ड विरुद्ध भारत (दुबई)
४ मार्च : सेमिफाइनल १ (दुबई)
५ मार्च : सेमिफाइनल २ (लाहोर)
९ मार्च : फाइनल (लाहोर/दुबई)

आइसीसी च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारतका खेल दुबईमा हुने

अर्किडलाई चितवन छनोटको उपाधि – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *