#समाचार

छविलाई न्यायाधीशका करिब १५ प्रश्न, बाँकी भोलि – Online Khabar

८ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भएको छ ।

आइतबारबाट न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट बयान सुरु गरिएको हो । आज छविको बयान सुरु भएको र भोलि (मंगलबार) पनि उनकै बयान जारी रहने कास्की जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।

सोमबार बहसको क्रममा न्यायाधीशले करिब १५ वटा प्रश्न सोधेका थिए । ‘बाँकी भोलि फेरि निरन्तर हुन्छ,’ कास्की अदालत स्रोतले भन्यो ।

बयानका लागि सोमबार छविसहित पाँच जनालाई अदालत उपस्थित गराइएको थियो ।

रास्वपा सभापति रवि लामिछानेसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ ।

राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।

छविलाई न्यायाधीशका करिब १५ प्रश्न, बाँकी भोलि – Online Khabar

शेखर कोइराला – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *