#समाचार

८ वर्षपछि ‘सोल्टिनी’बाट पार्श्व गायनमा फर्किए हरिवंश

काठमाडौंँ । गायक समेत रहेका अभिनेता हरिवंश आचार्यले पार्श्व गायनमा पुनरागमन गरेका छन् । अर्जुन सुवेदीले निर्देशन गर्न लागेको फिल्म ‘सोल्टिनी’बाट उनले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् ।

सो फिल्मको एक गीतमा उनले आइतबार आफ्नो स्वरमा गीत रेकर्ड गराए । यसमा हर्कुलस बस्नेतको संगीत रहनेछ । बस्नेतले सामाजिक संजालमार्फत हरिवंशले गीत रेकर्ड गराएको जनाएका छन् ।

यसअघि सन् २०१६ मा आचार्यले फिल्म ‘जात्रा’को लागि ‘नोट नोट’ गीत रेकर्ड गराएका थिए । उनले अघिपछि आफ्नो आवाजमा म्युजिक भिडियो ल्याउने गरेपछि उनको पाश्र्वगायनको कमब्याकका लागि भने लामै समय लाग्यो ।

आचार्यले गाएको गीतलाई फिल्ममा न्यारेसनको रुपमा प्रयोग गरिने भएको छ । पुस अन्तिमदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको अभिनय हुनेछ ।

फिल्मलाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने तयारी छ ।

८ वर्षपछि ‘सोल्टिनी’बाट पार्श्व गायनमा फर्किए हरिवंश

शेखर कोइराला – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *