#समाचार

कर्णाली याक्सको लय – Online Khabar

२८ मंसिर, काठमाडौं । शिखर धवनको आगमन, सामाजिक सञ्जालमा धेरै चर्चा अनी सन्तुलित टोली । त्यसमाथि प्रतियोगिताकै युवा प्रशिक्षक ज्ञानेन्द्र मल्ल । नेपाल प्रिमियर लिग (एनपीएल) अघि यस्तै कारणले कर्णाली याक्सको चर्चा बढी थियो ।

तर खेलको सुरुवात भने कमजोर रह्यो । कर्णाली याक्स सुरुवाती दुई खेलमा पराजित भयो । चर्चा र खेलाडीको स्तर अनुसार कर्णालीको प्रदर्शन भएन । स्टार भारतीय खेलाडी शिखर धवन टिममा हुँदा पनि सुरुवाती खेलमा केही जादु चलेन ।

तर तेस्रो खेलमा पुगेर कर्णाली याक्सले पहिलो जित हात पार्‍यो । चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि याक्स लयमा आयो । त्यसपछि भने कर्णालीले लगातार जित्न थाल्यो । त्यसपछि कर्णालीले विराटनगर किंग्सलाई ७ रनले र पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्‍यो ।

शुक्रबार लिग चरणबाट बाहिरिने पक्का भएको लुम्बिनी लायन्समाथि ५ रनको रोमाञ्चक जित निकाल्दै कर्णालीले लगातार चौथो जित दर्ता गर्‍यो । यसले पनि कर्णालीको टिम देखिएको छ । नतिजा आफ्नो पक्षमा आउँदा खेलाडी र टिमको आत्मविश्वास पनि बढ्दै जान्छ । कर्णालीले जित्न थालेपछि त्यस्तै देखिएको छ ।

६ खेल खेल्दा ४ जितबाट ८ अंक जोडेको कर्णाली याक्स अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । यो जितले कर्णाली प्लेअफको नजिक पनि पुगेको छ । अब लिग चरणकै अनतिम खेलमा कर्णालीले सुदूरपश्चिमसँग खेल्नेछ । त्यसअघि नै प्लेअफका लागि कस्तो समिकरण बन्नेछ भन्ने थाहा हुने भएकोले आफू अनुकल नतिजा ल्याउन सहज हुनेछ ।

प्रतियोगितामा कर्णाली लगातार चार खेल जित्ने जनकपुर बोल्ट्सपछि दोस्रो र लिगमा चार खेल जित्ने जनकपुर र सूदूरपश्चिमपछि तेस्रो टोली बन्यो । जनकपुरले सुरुवाती चार खेल लगातार जितेको थियो । यस्तै सुपूरपश्चिमले सुरुवाती तीन खेल लगातार जितेको थियो । त्यसपछि चौथो खेलमा पराजित भएको सुदूरले पाँचौ खेलमा आएर जित हात पारेको हो ।

टिममा सबैमा एअर्काप्रति विश्वास रहेकोले पनि नतिजा आइरहेको कर्णाली याक्सका खेलाडी गुल्सन झाले बताए । ‘टिममा क्षमतावान खेलाडीहरु छन् । सबैमा एकअर्काप्रति ट्रस्ट छ । सबैजना कन्फिडेन्ट छन् । सुरुमा म्याच हारेपनि एक अर्कालाई ब्याक गरिराछौँ त्यसैको नतिजा अहिले आइराछ ।’ खेलपछि पोष्ट म्याच प्रेस कन्फ्रेन्समा आएका गुल्सनले भने ।

डेथ ओभर बलिङमा उत्कृष्ट

टस हारेर पहिले बलिङ पाएको कर्णालीले बिहानको कन्डिसनमा पहिले ब्याटिङ गर्दै २० ओभरमा १२८ रन बनाएको थियो । अष्ट्रेलियन अलराउण्डर विलियम बोसिस्टोले ३० बलमा ४४ रन बनाएपछि कर्णालीले मध्यन स्कोर बनाएको थियो । बिहान ब्याटिङ गर्न कठिन हुँदा पनि बोसिस्टोले इनिङ्स सम्हालेका थिए । उनले ३ चौका र ३ छक्का पनि प्रहार गरे । उनलाई साथ दिएका अर्जुन घर्तीले २५ रन बनाए । ४७-४ को अवस्थामा रहेको कर्णालीका लागि बोसिस्टो र अर्जुनले ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अन्तिम ओभरमा विकास आग्रीले ३ रन मात्र खर्चेर ३ विकेट लिएपछि कर्णाली अझ ठूलो लक्ष्य दिन चुकेको थियो । तर कर्णालीले बलिङमा राम्रो गर्दै १२८ रनको स्कोर डिफेण्ड गर्‍यो । जसमा कर्णालीले विशेष गरेर डेथ ओभरमा उत्कृष्ट बलिङ गर्‍यो ।  लुम्बिनलीले १६ ओभरमा ९८ रन बनाएको थियो र अन्तिम चार ओभरमा जितका लागि ३१ रन आवश्यक थियो । तर कर्णाली कप्तान सोमपाल कामी र ननद्न यादवले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै खेल जिताए ।

१७औं ओभरमा सोमपालले एक चौका खाएपनि ९ रन खर्चेका थिए । त्यसपछि नन्दनले १७औं ओभरमा टम मुर्सको विकेट लिँदै ७ रन मात्र खर्चे । उनले पहिलो बलम चौका खाएपनि त्यसपछि पुनरागमन गरेका थिए । १९औं ओभरमा पहिलो बलमै लुम्बिनीले विकेट गुमाउँदा ६ रन मात्र आयो । साद विन जफरलाई सोमपाल र नन्दन मिलेर नै रनआउट गरे । २०औ ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन आवश्यक थियो । बलिङमा नन्दन नै आए । उनले सानदार बलिङ गर्दै जम्मा ३ रन मात्र दिएर कर्णालीलाई ५ रनको जित दिलाए ।

सोमपालले समग्रमा ४ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट लिए । नन्दनले सुरुको दुई ओभरमा १६ रन खर्चिएपनि पछिको दुई ओभरमा १० रन मात्र दिएर १ विकेट लिए । त्यसमा पनि अन्तिम ओभर सानदार नै रह्यो ।

एनपीएलमा पछिल्ला केही खेलमा कम स्कोर बनिरहेको छ भने हार जित अन्तर थोरै नै छ । लक्ष्य कम भएपनि स्पीन फ्रेण्ड्ली विकेट भएकोले डिफेण्ड हुनेमा कन्फिडेन्ट रहेको गुल्सनले सुनाए । ‘विकेट स्पीनर फ्रेण्डली छ । स्पीनरहरु राम्रो गर्दैछन् । एकदमै कन्पिडेन्ट छौँ,’ गुल्सनले भने, ‘टी२० यस्तो म्याच हो जब सम्म लास्ट बल फाल्दनै तबसम्म म्याच सकिंदैन । जति बेला जे पनि हुन सक्छ । हामी त्यसैले कन्फिडेन्टथ थिया । विकेट सजिलो छैन ब्याटिङ गर्न । सुरुदेखि म्याचमै थियौँ र पछि सहज भयो ।’

उनले टी२० मा सबै म्याचहरु क्लोज नै हुने गरेको बताए । ‘टी२० मा धेरै म्याच क्लोज नै हुन्छ । धेरै थोरै म्याच मात्र वान साइडेड हुन्छ ।’

बोसिस्टोको लगातार प्रभाव

कर्णाली सुरुवाती दुई खेलमा पराजित हुँदा चार मात्र विदेशी खेलाडी थिए । तर बोसिस्टोको आगमनपछि कर्णालीले हरेक खेल जित्दा उनले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पछिल्ला तीन खेलमा त उनै बवसिस्टोको प्रदर्शन निर्णायक बनेको छ । चाहे ब्याटिङमा होस् या बलिङमा । अली आवश्यक पर्दा अलराउण्ड प्रदर्शन समेत गर्छन् । लुम्बिनी विरुद्ध जितमा उनले ब्याटिङमा सर्वाधिक ४४ रन बनाए । बलिङमा पनि उनले ४ ओभर स्पेल पूरै बलिङ गर्दे २३ रन खर्चेर १ विकेट लिए । बोसिस्टोले राम्रो ब्याटिङ गरिरहेका सन्दिप जोरालाई १४औं ओभरमा आउट गरेका थिए ।

बोसिस्टो नेपाल आएपछि उनले बाबार हायतको स्थानमा पहिलो रोजाईँमा खेले । चितवन विरुद्ध आफ्नो पहिलो खेलमा उनले बलिङमा २ ओभरमा १७ रन खर्चिए भने ब्याटिङ गर्नुपरेन ।

त्यसपछि भने लगातार तिनवटै खेलमा छाए । शिखर धवन सुरुवाती चार खेल खेलेर पर्किएपछि अहिले बाबार हात पनि पहिलो रोजाईँमा खेल्दै बएका छन् । तर प्रभाव बोसिस्टोकै छ । विराटनगर विरुद्ध १३३ रनमा अलआउट हुँदा उनै बोसिस्टोले सर्वाधिक ६६ रन बनाएका थिए । बलिङमा पनि ४ ओभरमा २१ रन खर्चेर प्रभाव देखाए । अनी प्लेअफर अफ दि म्याच नै बने  ।

त्यसपछि पोखरा एभेन्जर्स विरुद्धको खेलमा एक्लै ६ विकेट लिए । उनी एनपीएलमा ६ विकेट लिने पहिलो खेलाडी समेत बने । उनले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । उनकै ६ विकेटमा पोखरा १०३ रनमा अलआउट भयो । यस खेलमा ब्याटिङमा गुल्सन झा चम्किए । उनले अविजित ४९ रन बनाए । चाड्विक वाल्टनले ४२ रन योगदान गरे । बोसिस्टो २ रनमा अविजित रहे । यस खेलको प्लेअर अफ दि म्याच पनि उनै चुनिए ।

अनी कर्णालीलाई लगातार चौथो खेल जिताउन लुम्बिनी विरुद्ध पनि अलराउण्ड प्रदर्शन गरे । लगातार तीन खेलमा प्लेअर अफ दि म्याच हुने बोसिस्टो पहिलो र एक मात्र खेलाडी समेत हुन् ।

यसले पनि उनको प्रभाव टिममा कति छ पुष्टी गर्छ । सुरुमा आउने विदेशी खेलाडीहरुको धेरै चर्चा भएपनि लिग दौरान आइपुगेका बोसिस्टोले त्यति चर्चा पाएनन्  ।तर उनले चुपचाप आफ्नो खेल देखाइरहेका छन् । उनले कुनै समय यू१९ विश्वकपमा नेपाल विरुद्ध समेत खेलेका थिए । सन् २०१२ मा अष्ट्रेलियामै भएको यू१९ विश्वकपमा नेपाल र अष्ट्रेलियाको यू१९ टोली भिडेका थिए । त्यसबेला नेपाली यू १९ टिममा रहेका भुवन कार्की पनि कर्णाली टिममै छन् ।

कर्णाली याक्सको लय – Online Khabar

६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा  –

Leave a comment

Your email address will not be published. Required fields are marked *