कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति गठन
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
अहिले कांग्रेसका सबै भ्रातृ संगठन तदर्थ छन् ।
चैत मसान्तसम्म सबै संगठनको महाधिवेशन गरेर नेतृत्व चुन्न यसअघि नै निर्देशन भइसकेको छ ।
कुन संस्थाको समितिमा को को ?
नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री जीवन परियार — संयोजक
२. केन्द्रीय सदस्य लक्ष्मी परियार — सदस्य
३. केन्द्रीय सदस्य शान्ति परियार वि.क. — सदस्य
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)
१. प्रवक्ता डा. प्रकाशशरण महत — संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला — सदस्य
नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य रमेश रिजाल — संयोजक
२. केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी. — सदस्य
३. केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ — सदस्य
नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य एन.पी. साउँद — संयोजक
२. केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ — सदस्य
३. केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू — सदस्य
नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत — संयोजक
२. केन्द्रीय सदस्य उमेशजंग रायमाझी — सदस्य
३. केन्द्रीय सदस्य गणेश लामा — सदस्य
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मधु आचार्य — संयोजक
२. केन्द्रीय सदस्य सरस्वती बजिमय — सदस्य
३. केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ — सदस्य
नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य उदयशम्शेर राणा — संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित — सदस्य
३. केन्द्रीय सदस्य योगेन्द्र चौधरी — सदस्य
नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल — संयोजक
२. केन्द्रीय सदस्य मुक्ताकुमारी यादव — सदस्य
३. केन्द्रीय सदस्य कान्तिका सैजुवाल — सदस्य