#समाचार

साइबर बुलिङ भएपछि टिकटकबाट ब्रेक लिएका हौं – Online Khabar

काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीले आफूहरूमाथि साइबर बुलिङ भएकाले टिकटकबाट ब्रेक लिएको बताएका छन् । इन्स्टाग्राममार्फत उनीहरूले अहिलेलाई टिकटक एकाउन्ट डिएक्टिभेट गरेको बताएका हुन् ।

आफूहरूमाथिको बुलिङ नरोकिँदासम्म टिकटकमा पनि नआउने उनीहरुको भनाइ छ । पछिल्लो समय आयुषकी आमा नानुसिंह ठकुरीसँगको कुरालाई लिएर उनीहरु सामाजिक संजालमा आलोचनाको केन्द्रमा छन् । ब्यापक ट्रोल बनेपछि उनीहरु सोमबारदेखि टिकटकबाट गायब भएका हुन् ।

टिकटकमा गायब भएको केही घण्टामै इन्स्टाग्राममार्फत उनीहरु सक्रिय छन् । इन्स्टाग्रामको च्यानलमा लाइभ आउँदै एलिजेले फ्यानसँग अन्तक्रिया गरेकी छन् । उनले अडियो सन्देश पनि पठाइरहेकी छन् ।

इन्स्टाग्राममा एलिजे भन्छिन् :

हामीले आफ्नो टिकटक एकाउन्ट डिएक्टिभेट गरेका छौं । कुनै कारणबिनै धेरै नकारात्मकता फैलिएको छ । वास्तवमा कुनै कारण छैन । म यहाँ परिवारसँग छु र म मानसिक शान्ति चाहन्छु । अहिलेलाई मैले टिकटकबाट ब्रेक लिएकी छु । म लाइभमा आउने प्रयास गर्छु तर अहिलेलाई एकाउन्ट डिएक्टिभेट गरेकी छु । बुलिङ राम्रो कुरा होइन भन्ने कुरा तपाईंहरुले थाहा नपाउँदासम्म म टिकटकमा आउँदिन । आशा गर्छु, तपाईंहरु सबैले मेरो कुरा बुझ्नुभयो होला । सबैलाई प्यार छ । मैले शान्ति चाहन्छु भन्ने कुरा तपाईंहरुले बुझ्नुपर्छ । बुलिङ राम्रो होइन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *