#समाचार

भुटानका राजा काठमाडौंमा, स्वयम्भूमा पूजापाठ – Online Khabar

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकलाई त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा । तस्वीर : रासस


२१ मंसिर, काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् ।

वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

रानी तेत्सुन पेमा वाङचुकसहित केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् ।

विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।

स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।

भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

भुटानका राजा काठमाडौंमा, स्वयम्भूमा पूजापाठ – Online Khabar

भ्रष्टाचार आरोपको न्यायिक अनुमोदन – Online Khabar

Leave a comment

Your email address will not be published. Required fields are marked *