#समाचार

लुम्बिनी र पोखरा पहिलो जितको खोजीमा – Online Khabar

२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं दिन दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।

हालसम्म दुवै टोली जीतविहीन छन् । लुम्बिनीले पहिलो खेलमा बिर्सनलायक बलिङ प्रदर्शन गरेको थियो जसका कारण ठुलो स्कोर पनि डिफेन्ड गर्न सकेको थिएन । यता पोखरा भने दुई खेलमा पराजित भएको छ ।

पोखराका कप्तान तथा ओपनर चल्न सकिरहेका छैनन् । बिहीबारको खेलमा आन्द्रेस गौस खेलेका थिए । उनको केही योगदानसहित माइकल लिस्कको हल्का फिनिसिङले पोखराले मध्यम योगफल बनाएको थियो जसलाई जनकपुरले चेज गरेको थियो ।

टप अर्डरले राम्रो गर्नुपर्ने हुन्छ । लुम्बिनीको ब्याटिङ लाइनअप राम्रो देखिएकाले बलिङमा पनि राम्रो प्रदर्न गर्न सके पोखराले पहिलो जित निकाल्न सक्छ ।

यता लुम्बिनी पहिलो खेलमा बलिङले पराजित भएको थियो । १९२ रन डिफेन्ड गर्न सकेको थिएन । ब्याटिङमा पनि प्रोपर फिनिसिङ आवश्यक छ । ब्याटिङमा आशुतोष घिरैया, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव र बेन कटिङजस्ता हार्ड हिटर छन् ।

त्यसैगरी पेस बलिङमा दुर्गेश गुप्ता र रामोन सिमोण्ड्सको विकल्प छ भने स्पीनमा साद बिन जफर, सुर्य तामाङ र कप्तान रोहित आफैं हुनेछन् ।

खेल : लुम्बिनी लायन्स भर्सेस् पोखरा एभेन्जर्स

मिति र समय : २१ मंसिर, दिउँसो १ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

पोखरा एभेन्जर्स सम्भावित ११ : कुशल भुर्तेल, दिलीप नाथ, आन्द्रियस गौस, माइकल लिस्क, बिपिन खत्री, किरण ठगुन्ना, नारायण जोशी, आकाश चन्द, रेमोन रेइफर/बास डे लिड, म्याट क्रिट्ले, सागर ढकाल

लुम्बिनी लायन्स सम्भावित ११ : आशुतोष घिरैया, अर्जुन साउद, रोहित पौडेल, टम मूर्स/उन्मुक्त चन्द, सन्दीप जोरा, बेन कटिङ, बिबेक यादव, साद बिन जफर, सुर्य तामाङ/तिलक राज भण्डारी, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता

लुम्बिनी र पोखरा पहिलो जितको खोजीमा – Online Khabar

भुटानका राजा करिब ५ घण्टा काठमाडौं रहने,

Leave a comment

Your email address will not be published. Required fields are marked *