#राजनीति

विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

७ मंसिर, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

२१ र २२ मंसिरमा विराटनगरमा आयोजना हुने सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम छ ।

सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागिता रहने पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलले जानकारी दिए ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य रहेको जानकारी दिए ।

सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुति, बालबालिका लक्षित विषयमा कार्यशाला एवं प्रदर्शनी गर्ने कार्यक्रम रहेको उनले बताए ।

सम्मेलनमा बेलायतबाट प्रोफेसर करेन ग्रहाम, अमेरिकाबाट इल्सा चाहिन, लोरेन वेब्राइट र क्रिष्टिन हैगेन, भारतबाट चिराश्री घोस, नेपालबाट मिनाक्षी दाहाल, मलेसियाबाट ली जेन यून र आनी शिवानाथान लगायत मुख्य वक्ताहरूले बालविकास र प्रारम्भिक शिक्षा लगायतका विषयमा मन्तव्य दिने कार्यक्रम रहेको उनले बताए ।

विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)

विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

जाडोमा मुटुको समस्याले बढी सताउँछ, के गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *