#राजनीति

जुर्मुुरायो कर्मा ब्याण्ड, कुटुम्बसँग मिलेर कीर्तिपुरमा गुञ्जिने

काठमाडौं । लोकप्रिय ब्याण्डहरू कर्मा र कुटुम्ब आउँदो मंसिर २२ गते कीर्तिपुरमा गुञ्जिने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’मा नारासहित यी दुई चर्चित ब्याण्डले सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

कर्मा ब्याण्डको यो कन्सर्ट लामो समयपछिको पुनरागमन हुनेछ । ल्याबरेटरी माध्यमिक विद्यालयको प्रांगणमा १५ हजारभन्दा धेरै दर्शक सहभागि हुने अपेक्षा राखिएको आयोजक आदि ग्रुपले जनाएको छ ।

दर्शकले कर्माको ३ दशक लामो सांगीतिक यात्राका चर्चित गीतहरू र कुटुम्बको लोकधुनको प्रत्यक्ष प्रस्तुति हेर्न पाउने जनाइएको छ । विभिन्न जातीय र नेवारी संस्कृति झल्काउने पारम्परिक नृत्य र झाँकी पनि प्रस्तुत हुनेछन् विज्ञप्तिमा उल्लेख छ ।

कन्सर्टले कीर्तिपुरलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यको रुपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य आयोजकले राखेको छ । कर्मा ब्याण्डले सन् २००४ मा कीर्तिपुरबाटै सांगीतिक यात्रा थालनी गरेको थियो ।

हुक्का मेरो, कहाँ होला घर, को हौ तिमी, छैन मैले, मौनतामा, यानी माया, कहिले काहिँ, सुपारीदाना गीतका लागि कर्मा ब्याण्ड परिचित छ । कर्मा ब्याण्डको विशेषता भनेको लोक र रकको सफल मिश्रण हो । नेपाली लोकशैलीलाई पश्चिमी रकको धुनमा मिसाएर श्रोतालाई पृथक अनुभव दिएको छ । ब्याण्डले गीतसंगीतमा नेवारी संस्कृति र परम्परालाई विशेष स्थान दिएको छ ।

सन् २००४ मै स्थापना भएको कुटुम्बले नेपाली लोकधुनको अन्तर्राष्ट्रियकरणमा योगदान दिएको छ । नेपाली लोकबाजाहरूको प्रयोगमार्फत परम्परागत धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्दैै आएको छ । मादल, बाँसुरी, सारङ्गी, ढोलक, तुङ्नाजस्ता परम्परागत नेपाली बाजाको प्रयोग कुटुम्बुको संगीतमा पाइन्छ ।

कर्मा ब्याण्डले चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय टूर आयोजनाको तयारी गरिरहेको छ । आदिग्रुप प्रालिको एसक्यूले कर्मा ब्याण्डको कन्सर्ट र टूरको सबै व्यवस्थापन गर्नेछ ।

जुर्मुुरायो कर्मा ब्याण्ड, कुटुम्बसँग मिलेर कीर्तिपुरमा गुञ्जिने

पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ

जुर्मुुरायो कर्मा ब्याण्ड, कुटुम्बसँग मिलेर कीर्तिपुरमा गुञ्जिने

काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)

Leave a comment

Your email address will not be published. Required fields are marked *