#समाचार

भागदौड मामिलामा अल्लु अर्जुनलाई राहत, विदेश जान अनुमति

काठमाडौं । गत ४ डिसेम्बरमा भारतको हैदरावादस्थित सन्ध्या थिएटरमा भएको भागदौड घटनामा अभिनेता अल्लु अर्जुनलाई राहत मिलेको छ । उनले जमानतमा छुट पाएका छन् ।

भागदौड मामिलामा उनी डिसेम्बर १३ मा पक्राउ परेका थिए । भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनी हरेक आइतबार स्थानीय चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो ।

साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिइएन । नयाँ खबरअनुसार, हैदरावादको नामपल्ली अदालतबाट जमानत सर्तहरू खुकुलो पारिएको छ । अल्लु अर्जुनलाई विदेश यात्रामा जान समेत अनुमति दिइएको छ । अब उनले हरेक साता प्रहरीमा हाजिरी समेत गर्नुपर्ने छैन ।

आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले स्वीकृत गरेको छ । सुरक्षाको कारण अभिनेतालाई छूट दिनुपर्ने माग राखिएको थियो ।

फिल्म ‘पुष्पा : द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो । अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सरप्राइज दिन पुगेका थिए । उनलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भागदौड मच्चियो ।

भीड अनियन्त्रित भएपछि धेरै बेहोस समेत भए । रेवती नामकी एक महिलाको मृत्यु भयो भने छोरा श्रेतेज गम्भीर घाइते भएका छन् । यस मामिलामा अल्लु अर्जुनसहित १८ जनाविरुद्ध डिसेम्बर ६ मा उजुरी परेको थियो ।

१३ डिसेम्बरमा अल्लु अर्जुनलाई उनको हैदराबादको घरबाट पक्राउ गरिएको थियो । उनलाई स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो ।

भागदौड मामिलामा अल्लु अर्जुनलाई राहत, विदेश जान अनुमति

संसद चाँडै चल्छ : सभामुख – Online

Leave a comment

Your email address will not be published. Required fields are marked *