#समाचार

एनआरएनएलाई नेपाल बस्न १० वर्ष भिसा निःशुल्क – Online Khabar

२६ पुस, काठमाडौं । गैर आवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने भएको छ ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो केही झन्झटिला कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।

उक्त अध्यादेशमार्फत संशोधन हुने कानुनमा एनआरएनलाई १० वर्ष नेपालमा रहँदा भिसा निःशुल्क हुने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

एनआरएनएलाई नेपाल बस्न १० वर्ष भिसा निःशुल्क – Online Khabar

कम्पनी खारेजी गर्दा जरिवाना छुट – Online

Leave a comment

Your email address will not be published. Required fields are marked *