#समाचार

प्रचण्डको प्रतिवेदनमाथि ८० जनाले बोले, एक सय बाँकी – Online Khabar

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेदनमाथि ८० जनाले आफ्नो धारणा राखेका छन् ।

प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठकमा ३० पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि बोल्ने भनेर १८० जनाले नाम टिपाएका थिए । त्यसमध्ये सोमबार ८० जनाले आफ्नो धारणा राखेका हुन् ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बाँकीले मंगलबार बोल्ने र प्रतिवेदनउपर बोल्ने क्रम सकिएपछि प्रचण्डले जवाफ दिने जानकारी दिए । उनका अनुसार त्यसपछि आगामी कार्य योजना पास गर्दै र कार्य विभाजनलगायत विषयमा निर्णय गर्दै माओवादीको केन्द्रीय समितिको बैठक सकिनेछ ।

प्रचण्डको प्रतिवेदनमाथि ८० जनाले बोले, एक सय बाँकी – Online Khabar

तपाईंलाई पदबाट किन नहटाउने ? – Online

Leave a comment

Your email address will not be published. Required fields are marked *