#समाचार

माधव रेग्मी – Online Khabar

१९ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले जिल्लाको मर्यादामा सिडियो एक नम्बरमा हुनुपर्ने बताएका छन् ।

‘प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि हो,’ अध्यक्ष रेग्मीले भने , ‘यसकारण जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्छ ।’

जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोध गराउन पनि सिडियोको मर्यादा एक नम्बरमा राख्नुपर्ने उनको तर्क छ ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ।

Leave a comment

Your email address will not be published. Required fields are marked *