#समाचार

प्रतिनिधि सभाको सचिवमा झापाका राई सिफारिस – Online Khabar

१४ पुस, काठमाडौं । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गर्नुभएको हो । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

प्रतिनिधि सभाको सचिवमा झापाका राई सिफारिस – Online Khabar

कालीकोटमा भूकम्पको धक्का

Leave a comment

Your email address will not be published. Required fields are marked *