नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष झालाई मिथिला रत्न सम्मान
९ पुस, जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान गरिएको छ । झालाई भारतको झारखण्डस्थित देवघरमा सम्पन्न अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा ‘मिथिला रत्न’ सम्मान प्रदान गरिएको हो ।
क्लोथ बैंक नेपालका अध्यक्ष समेत रहेका झाले मिथिलाञ्चलको सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याएबापत सम्मान गरिएको विद्यापति सेवा संस्थानका अध्यक्ष डा. बैद्यनाथ चौधरीले बताए ।
क्लोथ बैंकका संस्थापक झा असहाय तथा विपन्नलाई कपडा उपलब्ध गराउने कार्य गर्नुको साथै नेपाल भारत खुल्ला सीमा व्यवस्थापन गर्दै दुई देशबीच बेटीरोटीको सम्बन्ध प्रगाढ हुनुपर्ने पैरवीसमेत उनले गर्ने गरेका छन् ।