एकलतर्फ प्रिन्स र रसिलाको यात्रामा पूर्णविराम – Online Khabar
८ पुस, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ आजबाट सुरु भएको छ ।
योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन् । नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन दुवै एकल तर्फको खेलबाट बाहिरिएका छन् ।
प्रिन्स २२–२०, १२–२१, १३–२१ मा भारतका कविन थाङ्गम संग पराजित भएका हुन् । यस्तै रसिला महर्जन भारतीय खेलाडी अदिती भट्टसँग पराजित भईन् ।
रसिला भट्ट संग २१–११, २१–१४ को सोझो सेटमा पराजित भएकी हुन् ।