#समाचार

फेल भएका विद्यार्थी दीक्षित भएपछि केयूले बनायो छानबिन समिति

७ पुस, काठमडौं। काठमाडौं विश्वविद्यालयमा फेल भएका विद्यार्थी दीक्षित भएपछि छानबिन समिति बनाइएको छ।

केयूको गत २९ मंसिरमा भएको दीक्षान्त समारोहमा स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडेर गएका समेत फेल भएका ८ जना विद्यार्थीहरूको नाम ग्रेसलिस्टमा परेपछि छानबिन समिति बनाइएको हो। स्कुल अफ ल का प्रा.डा. हृषिकेश वाग्लेको संयोजकत्वमा समिति बनाइएको हो।

समितिमा पूर्वपरीक्षा नियन्त्रक प्राडा पन्ना थापा र पूर्वपरीक्षा सिहनयन्त्रक वीरेन्द्रबहादुर लाखे सदस्य रहेका छन्। प्रतिवेदन पेस गर्न समितिलाई एक साताको समय दिइएको छ।

परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार प्रा.डा अच्युत वाग्लेले आन्तरिक अनुसन्धान गर्न निर्देशन दिए । ‘मानवीय कजोरीले इन्ट्री गर्नेबेलामा त्रुटि भएको हो । इन्ट्री गर्नेले त्रुटि स्वीकार गर्नुभएको छ । थप अनुसन्धान गर्न समिति बनाएका हौँ,’ रजिस्ट्रार वाग्लेले भने, ‘ग्रेसलिस्टमा परेको मात्र हो । सर्टिफिकेट लगेको छैन । ग्रेसलिस्ट सच्याउनुपर्छ ।’

परीक्षा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत सीएन खड्काले गल्ती स्वीकार गरेका छन् ।

हेर्नुहस् विज्ञप्ति :

 

Leave a comment

Your email address will not be published. Required fields are marked *