दलितमाथि राजनीति गर्यौं, अब कानुन बनाऔं : सभापति पन्त
४ पुस, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसद्मा पेश गर्नका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले संसदको हिउँदे अधिवेशनभित्र संसद्मा विधेयक पेश गर्नेगरी गृहकार्यमा जुट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।…