#समाचार

सुनको मूल्य ४०० ले बढ्यो, चाँदीको स्थिर – Online Khabar

१ पुस, काठमाडौं । आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।

यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *