नेपाल र हङकङको यू-१९ टोलीले मुलपानीमा एकदिवसीय सिरिज खेल्ने
२५ मंसिर, काठमाडौं । नेपाल यू-१९ क्रिकेट टिम र हङकङ चाइना यू-१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज यही डिसेम्बर १६ देखि २० सम्म हुनेछ ।
सिरिजका लागि क्यानले अभिषेक तिवारीको कप्तानीमा टोली घोषणा गरेको छ ।
टोलीमा यू-१९ एसिया कि खेलेका ५ खेलाडी छन् ।