#समाचार

जापानका स्केटरले तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउंँदै

२३ मंसिर, बुटवल । रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्क तथा सामुदायिक केन्द्रमा पुस्तकालय स्थापना गरिने भएको छ ।

स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा न.४ डिंगरनगरमामा दोस्रो चरणको परियोजना अन्तर्गत सामुदायिक पुस्ताकालय भवन निर्माण गर्ने भएको हो ।

जापानिज स्केटर तथा युटुबर सिमन इवाजावाको सहयोग र चन्दा संकलनबाट खेलाडीहरुलाई लक्षित गरी पुस्ताकालय भवन निर्माण गर्न लागिएको स्केटएड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

अनुमाननित ३५ लाख लागतमा निर्माण गरिने पुस्तकालयले बालबालिकाहरुलाई खेलसँगै अतिरिक्त ज्ञान बृद्धिमा सहयोग गर्ने विश्वास लिइएको छ ।

पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तकहरु राखिने र पार्कमा स्केटका लागि आएका बालबालिकाहरुलाई बसेर होमवर्क गर्न मिल्ने गरी संरचना बनाइने पहाडीले बताए ।

स्केटपार्क बनेसँगै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्केटर जन्माउन र दक्षिण एसियाली स्तरीय प्रतियोगिता आयोजना गर्न सफल भएको समेत उनले बताए ।

पुस्ताकालय निर्माणका लागि सहयोगको घोषणा गरेका जापनिज स्केटर तथा युटुबर सिमनले आफूले नेपालका बालबालिकाहरुलाई स्केटमा आर्कषित गर्न र अध्ययनमा सहयोग गर्ने गरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशि व्यक्त गरे ।

सिमनले जापनामा पुस्तकालय भवन निर्माणका लागि अभियान चलाएर सहयोग गर्ने भएका हुन् । निर्माण हुने पुस्तकालयको निशुल्क सेवा लिन पाइने स्केट एड नेपालका सचिव विजय तामाङले बताए । उनका अनुसार हाल स्केट पार्कमा ४० जना बालबालिकाहरू निःशुल्क खेल्न पाएका छन् ।

स्केट खेलसँगै बालबालिकाहरुलाई पाठ्यक्रमका किताब, कापी र खेलकुदका सामग्री समेत दिने गरिएको आयोजकले बताए ।

तिलोत्तमाबाट शुरु भएको स्केट पार्क (खेलमैदान) अभियान काठमाडौं, चितवन हुँदै अहिले देशव्यापी बनेको अध्यक्ष पहाडीले बताए ।

स्केट एड नेपालको तिलोत्तमास्थित स्केट पार्कमै सिकेर केही दिनअघि कोरियाको जिन्जुमा भएको एसियाली स्केटबोर्ड प्रतियोगितामा बुटवलका यमबहादुर कामु र अभिषेक परियार उत्कृष्ट १६ मा परेका छन् ।

२०१९ देखि तिलोत्तमास्थित स्केट पार्कमा स्केटबोर्डको निःशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ । यहाँ विभिन्न देशका स्केटरहरु आएर स्वयमसेवी रुपमा निशुल्क सेवा दिन आउने गर्छन् । अहिले पनि अमेरिकाका जोनाथन र डेनमार्ककका मेटिश जोथन स्वयसेवाका लागि आएका छन् ।

जापानका स्केटरले तिलोत्तमामा सामुदायिक पुस्तकालय बनाउंँदै

सेयर किनबेचमा लाग्ने कमिसन र करको दर

Leave a comment

Your email address will not be published. Required fields are marked *