#समाचार

रुपन्देहीबाट सुरु भयो ई-ट्रान्सपोर्टेसन – Online Khabar

२० मंसिर, बुटल । ढुवानी सेवालाई आधुनिक युग अनुसार परिस्कृत र डिजिटलाइजेसन गर्ने गरी रुपन्देहीमा ई–ट्रान्सपोर्टेसन सर्भिसको सेवा सुरुवात भएको छ ।

लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाई रुपन्देहीको पथ्थरडांडामा मुख्य कार्यालय राखेर कम्पनीले ईटिएस नेपाल एपमार्फत सेवा सुरु गरेको हो । एपमार्फत ट्रकधनी, उद्योगी व्यवसायी र चालकलाई जोडेर ढुवानी सेवा सञ्चालन गर्न थालेको ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले जानकारी दिए ।

एक करोड लगानी भएको कम्पनीले पहिलोचरणमा लुम्बिनी प्रदेशलाई केन्द्रीत गरी रुपन्देहीको पत्थरडांडामा मुख्य कार्यालय, बुटवलका योगीकुटी र कालिकानगर तथा रुपन्देहीकै पड्सरीमा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको पोखरेलले बताए ।

‘अब पुरानो ढर्राले संघ संस्था खोलेर होइन, बदलिंदो समय र युग अनुसार आधुनिक प्रविधिको प्रयोग गरेर सेवा दिनुपर्छ भनेर ई–ट्रान्सपोर्टेसन जन्मेको हो’, पोखरेलले भने, ‘करिब ५ हजार ट्रक चालकहरु एपमा जोडिइसकेका छन्, काठमाडौंमा शाखा कार्यालय सञ्चालनमा आएपछि देशव्यापी सेवा विस्तार हुन्छ ।’

भविष्यमा दुर्घटना बीमा सेवा पनि दिने कम्पनीको तयारी रहेको पोखरेलले बताए ।

मोबाइल एपमार्फत् मालसामान ढुवानी गर्न चाहने व्यवसायी, उद्योगी र गाडीधनी दुवैले एक आपसमा सम्पर्क गरी सहजरुपमा सेवा लिन सक्ने पोखरेलले बताए । निकट भविष्यमै काठमाण्डौमा पनि सेवा विस्तार गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक आईटी ईन्जिनियर सन्तोष मण्डलले बेलायतमा बस्दा गरेको अनुभवका आधारमा स्वदेशमा फर्केर ई–ट्रान्सपोर्टेसन सुरु गरेको बताए ।

मोबाइल एप्समार्फत ढुवानीको सेवा लिन र दिन छिटो छरितो र विना झन्झट हुने बताए ।

एपमार्फत् ढुवानी सेवाका अलावा गाडी बिग्रिएमा मर्मत गर्ने नजिकको ग्यारेज, पेट्रोल पम्प, पार्किङ स्थल आदि बारे पनि जानकारी लिन सकिने गरी एप बनेको मण्डलले बताए ।

यस्तै सबैखाले गाडीको कागजपत्र नविकरण, नविकरणबारे सूचना, गाडी खरिद विक्रि, गाडीको हिसाब किताब जस्ता सेवा पनि एप्सबाट पाउन सकिने मण्डलले बताए । एक करोड लगानी भएको कम्पनीले हाल ७ जनालाई रोजगारी दिएको प्रबन्ध निर्देशक सन्तोष मण्डलले जानकारी दिए ।

एम्बुलेन्स सेवा अन्तर्गत पहिलो चरणमा तिलोत्तमा नगरपालिकासंग सम्झौता भइसकेको र बुटवल उपमहानरपालिका र सिद्धार्थनगर नगरपालिकासंग सम्झौताको प्रकृयामा रहेको मण्डलले बताए ।

रुपन्देहीबाट सुरु भयो ई-ट्रान्सपोर्टेसन – Online Khabar

शिक्षा सुधार्ने माग राख्दै दिनभर सडकमा उभिए

रुपन्देहीबाट सुरु भयो ई-ट्रान्सपोर्टेसन – Online Khabar

नेपाल आउँदा भुटानी राजा खुशी, शरणार्थी दुःखी

Leave a comment

Your email address will not be published. Required fields are marked *