#समाचार

बेलका-९को वडाध्यक्षमा माओवादीका घिमिरे निर्वाचित

१७ मंसिर, काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा नेकपा माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम नतिजाअनुसार घिमिरेले ५५९ मत पाउँदा नेकपा एमालेका मोहन खड्काले ५२५ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका नवीन बस्नेतले ४०४ मत पाए ।

बेलका ९ मा गएरातिदेखि मतगणना सुरु भए पनि बदर मतको विषयमा विवाद हुँदा गणना रोकिएको थियो । बदर भएका मत पुन: गणना गर्ने सहमति भएपछि सोमबारबाट फेरि मत गणना भएको हो ।

निर्वाचन आयोगका अनुसार बेलका ९ मा १ हजार ८८५ मत खसेको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा रिक्त वडाध्यक्ष पदका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

बेलका-९को वडाध्यक्षमा माओवादीका घिमिरे निर्वाचित

बेक्चा र रजिताको लक्खर लक्खर – Online

Leave a comment

Your email address will not be published. Required fields are marked *