डाक्नेश्वरीमा सर्वदलीय बैठक बस्दै, आजै रातिदेखि मतगणना गरिने
१६ मंसिर, सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतदान कार्य सम्पन्न भएको छ । यो पालिकामा वडाध्यक्षका लागि मतदान भएको हो ।
मतदान सकिएपछि मतपेटिका मतगणना स्थलमा ल्याइ सकिएको छ भने राजनीतिक दलहरू छलफलमा जुट्दैछन् ।
सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृत दिपक कुमार दहालले जानकारी दिए ।
उनका अनुसार आजै साँझ सर्वदलिय बैठकपछि डाक्नेश्वरी नगरपालिकाको कार्यालयस्थित हलमा रातिदेखि मतगणना सुरू हुने बताए ।
दुई वडाध्यक्ष पदका लागि विहान ७ बजे देखि शुरु भएको मतदानमा १६ जना उम्मेदवार छन् ।