#समाचार

हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका ३ जना पक्राउ

१२ मंसिर, काठमाडौं । हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेहरूमा इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यो समूहले मेडिकल जाँच गर्ने भन्दै हनी ट्रयापमा पारेर रकम असुल्न गरेको प्रहरीले जनाएको छ ।

भक्तपुरको ठिमीमा वर्षाले घाउ ड्रेसिङ गर्ने भन्दै अनलाइनबाट व्यक्ति सम्पर्क गरी आफू एक्लै भएको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई रकम असुल्न खोजेको आरोप छ ।

रकम नदिए बलात्कार कसुरमा फसाइदिन्ुछ भन्दै १८ लाख रुपैयाँ माग गरिएको थियो । पछि ८ लाख रुपैयाँ दिने सहमति भएको थियो । २५ हजार रुपैयाँ भने पीीडत युवाबाट यो समूहले असुलेको थियो ।

पछि क्युआरमार्फत थप २५ हजार पीडित युवाले पठाएका थिए । ७५ हजारको चेक समेत ती युवाले यो समूहलाई दिएको थियो ।

यो समूहका एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका ३ जना पक्राउ

‘माओवादीको विकल्प खोज्न जरुरी छैन’

हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका ३ जना पक्राउ

नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान

Leave a comment

Your email address will not be published. Required fields are marked *