#समाचार

प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि कि तीर्थयात्रा

१० मंसिर, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण केका लागि हो भन्दै प्रश्न गरेका छन् ।

सोमबारदेखसि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै साहले भ्रमण देशको लागि हो कि तीर्थयात्रामात्रै हो ? भन्दै प्रश्न गरेका हुन् । उनले यसबारे जनतालाई जानकारी नगराएको भन्दै आपत्ति जनाए ।

‘हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ?  देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्योलमा छौं’, उनले भने ।

अर्को प्रशंगमा उनले अहिले विश्वसामु नै नेपालको इमेज खस्किंदै गएको टिप्पणी गरे । वर्तमान सरकारको व्यक्तिवादी र निहीत स्वार्थ र सोचको कारण यस्तो अवस्था आएको उनको आरोप छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *