#राजनीति

जाडोमा मुटुको समस्याले बढी सताउँछ, के गर्ने ?

जाडो मौसम आएसंगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ। किनकी यो समयमा तापक्रम घट्छ ।  विशेषत यो  मौसम मुटुका बिरामीहरूका लागि पनि त्यति अनुकूल मानिँदैन ।

किनकि चिसो मौसमले मुटु र रक्तसञ्चार प्रणालीलाई पनि असर गर्न सक्छ । जाडोमा चिसो र वातावरणमा आर्द्रता बढ्नुका कारण मुटुमा दबाब बढ्छ । जसका कारण मुटुसम्बन्धी रोग लागेका व्यक्तिले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कसरी मुटुलाई चिसो मौसमले प्रभाव पार्छ ? 

जाडोमा मुटुको नशा खुम्चिने र रक्तसञ्चार प्रवाह समस्या हुँदा मुटुसम्बन्धी समस्या देखिने गर्छ। चिसोमा धेरै चिल्लो खाना खाने र निष्क्रिय दैनिकीका कारण पनि मुटु रोगको जोखिम बढ्छ । चिसोमा धेरैले धूम्रपान र मादक पदार्थको प्रयोग बढी गर्ने भएकाले पनि मुटुमा असर गर्छ ।

अर्को भनेको जाडोमा शारीरिक गतिविधि कम हुन्छ । मानिसहरू आराम गर्न र आफ्नो शरीरलाई न्यानो राख्न घरभित्रै बस्न रुचाउँछन् । जसले गर्दा यो सिजनमा शरीरलाई आवश्यक पर्ने व्यायाम गरिँदैन। शरीर निष्क्रिय भएका कारण पनि मुटुको समस्या निम्तने जोखिम बढी हुन्छ ।

उच्च रक्तचाप भएका रोगीको रक्तचाप गर्मीमाभन्दा जाडोमा अत्यधिक बढ्छ । यो जाडोको प्रभावले हो । त्यस्तै मुटुका रक्तनलीहरु जाडोको प्रभावले एकाएक खुम्चिन सक्छन् । एकाएक खुम्चियो भने यसले हृदयाघात हुन सक्छ । जाडोको असरले रगतको जम्ने प्रक्रिया पनि बढ्छ र हृदयाघातको सम्भावना बढ्छ । त्यसैले मुटुका बिरामी तथा अरू स्वस्थ व्यक्ति पनि सतर्क हुन जरुरी देखिन्छ ।

मुटु रोग भएकाले जाडोमा कसरी जोगिने ?

कसैको मुटुको नसा पहिलेदेखि नै साँघुरिएको छ भने चिसोले झन् खुम्चिन्छ । त्यसैले धेरै चिसोमा मर्निङवाक नगएर दिउँसो वा साँझको बेला जानु उपयोगी हुन्छ ।

विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापनमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसै कसैको यही बेला हृदयाघात भई मृत्यु पनि हुने हुन्छ । त्यसैले जाडोमा चुरोट र मदिरापान कम गर्नुपर्छ ।

अत्यधिक तनावले शरीरको प्रतिरक्षा प्रणालीको काममा बाधा पुर्‍याउँछ, विशेषगरी जाडोमा । तनाव व्यवस्थापन महत्त्वपूणर् छ । तनाव हार्मोनले रक्तचाप बढाएर प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ ।

मधुमेह उच्च रक्तचाप, मिर्गौला र अन्य स्वास्थ्य समस्या भएका बिरामी झन् धेरै सचेत हुनुपर्छ ।

शरीरलाई न्यानो राख्न र चिसोबाट बच्न न्यानो लुगा लगाउनुपर्छ । आफूलाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ । सधैँ घरबाहिर व्यायाम गर्नु आवश्यक छैन । घरमै पनि हल्का एरोबिक्स, योग, कसरत गर्न सकिन्छ ।

जाडोमा भुटेको, चिल्लो, मीठो र उच्च कोलेस्टेरोलयुक्त खानेकुरा कम खानुपर्छ । किनभने यिनीहरूले हृदय रोगको जोखिम बढाउन सक्छ ।

जाडोमा धेरै मात्रामा चिल्लो पिरो खानेकुरा खाइन्छ, जसले कोलेस्ट्रोल बढाएर मुटुको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ, त्यसैले सन्तुलित आहार लिनुपर्छ ।

मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिले जाडो मौसममा धेरै सचेत हुनुपर्छ । मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न समय समयमा जँचाउने र नियमित औषधि सेवन गर्नुपर्छ ।

जाडोमा मुटुसम्बन्धी समस्याका लक्षण देखिए चनाखो हुनुपर्छ । कहिलेकाहीँ हृदयाघातको चेतावनी सूचकहरू छातीमा तीव्र रुपले पोल्ने, असहजता, अत्यधिक पसिना आउनु, सास फेर्न गाह्रो हुनु, बङ्गारा, हात वा काँधमा लामो समयसम्म दुख्ने समस्या देखिन्छन् ।

लक्षणहरू देखा परेको खण्डमा तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

जाडोमा मुटुको समस्याले बढी सताउँछ, के गर्ने ?

कानुन पर्खिरहेको मोटरबोट व्यवसाय

Leave a comment

Your email address will not be published. Required fields are marked *